JB Pun Magar

is creating Investigation & Multimedia live reporting from ground
Select a membership level
$5 Per Month
$5
per month

 

  • खोज रिपोर्टिङ्, एक्सक्लुसिव अन्तर्वार्ता, भिडीयो रिपोर्ट, लाईभ ग्राउण्ड रिपोर्टिङ् र तस्वीरहरुमा पहुँच हुनेछ । 
  • नयाँ रिपोर्टको अग्रिम जानकारी पाईने 
$10 per Month
$10
per month


  • खोज रिपोर्टिङ्, एक्सक्लुसिव अन्तर्वार्ता, भिडीयो रिपोर्ट, लाईभ ग्राउण्ड रिपोर्टिङ् र तस्वीरहरुमा पहुँच हुनेछ । 
  • नयाँ रिपोर्टको अग्रिम जानकारी पाईने 
  • खोज रिपोर्टिङ्को लागि इस्यूहरु सुझाउन पाईने 
$20 Per Month
$20
per month

 

  • खोज रिपोर्टिङ्, एक्सक्लुसिव अन्तर्वार्ता, भिडीयो रिपोर्ट, लाईभ ग्राउण्ड रिपोर्टिङ् र तस्वीरहरुमा पहुँच हुनेछ । 
  • नयाँ रिपोर्टको अग्रिम जानकारी पाईने 
  • खोज रिपोर्टिङ्को लागि इस्यूहरु सुझाउन पाईने 
  • बिषयहरुमाथि लाईभ र च्याट छलफलमा सहभागी हुन पाइने  

0

patrons

About JB Pun Magar


के हो फ्री प्रेस नेपाल

परम्परागत मान्यतामा विज्ञापन विना मिडिया चल्दैन, मिडिया नचले संचारकर्मीको रोजीरोटी पाक्दैन । त्यसैले विज्ञापनको आडमा साहु–महाजनहरूले समाचारमाथि हदैसम्मको नियन्त्रण कायम गरी मिडियालाई आफ्नो अनुकूल उपयोग गरिरहेकाछन् । कर्पोरेट मिडियाका निम्ति बिकाउ नहुने गरीब, कमजोर र सीमान्तकृतका मुद्दा समाचारको परिधिभित्र पर्दैनन् । तिनको जीवनशैली, सँस्कृति र मान्यता वहुराष्ट्रिय कम्पनीको बजार विस्तारमा वाधक हुने हुनाले उनीहरू स्थानीय बिचौलिया मार्फत कमजोर वर्गका मुद्दा र आवाज दबाउन 'मूलधारका मिडिया' लाई उपयोग गर्दै आइरहेकाछन् ।

सीमित धनाढ्यको हातमा थुप्रिएको पूँजी र तिनले चलाउने राज्यव्यवस्थाले जे जस्तो सँस्कृति र समाज निर्माण गर्न खोज्दैछ, सूचना र ज्ञानको वाहक मानिएका संचारकर्मीले पनि त्यसैको भरिया भइदिनु परेको छ ।तिनले झुठको समाचार खेती गरिदिनुपरेकोछ ।

मिडियाको बजार व्यवस्थापन र सम्पादकीय समूहबीचको भिन्नता करिब–करिब मेटिइसकेको अहिलेको सन्दर्भमा त्यस्तो संरचनाभित्र काम गर्ने संचारकर्मीको मगज पनि बन्धक बनेको छ । जो मानसिक रूपमा बन्धक छ, त्यसले प्रश्न गर्ने सामर्थ्य नराख्नु स्वाभाविक हुन्छ । त्यसैले भएभरका मिडियाबाट प्रवाह भैरहेका पढिने, हेरिने र सुनिने समाचार तथा विचार सामग्रीहरूले पाठक/दर्शक/स्रोताको भोक मेटाउनुको साटो झन बढी उल्झन र अन्यौल थपिदिने गरेकाछन् । सञ्चारकर्मीले दिने समाचारको सत्यतथ्य तिनले धारण गर्ने बिभिन्न ‘ब्रान्ड’ को बोझमुनी दबिइरहेकोले यस्तो हुने गरेकोछ ।

किन गर्ने सहयोग
संचारकर्मीले भोगिरहेको यस्तो उल्झन र चक्रब्यूहबाट मुक्त हुन संचारकर्मीलाई कसरी पेशागत धर्मबाट च्यूत हुन नदिने भन्ने प्रश्न उठिरहेको परिप्रेक्ष्यमा पत्रकारितामा २५ बर्षदेखि सक्रिय मेरो  नेतृत्वमा  नेपालमा पहिलोचोटी बिज्ञापनमुक्त मीडिया फ्री प्रेस नेपाल डटकम प्रारम्भ गरेकोछु ।  फ्री प्रेस नेपालले विज्ञापनको आवरणमा लगानी गरिएका र सत्ताद्धारा प्रायोजित समाचार र विचार राजनीतिबाट आफुलाई मुक्त राख्ने प्रयत्न गर्नेछ ।

मूलधार भनिने ठुला मीडियाले दिन नचाहने या नसक्ने मुद्दा उत्खनन गर्ने काम फ्री प्रेस नेपालले गर्दै आईरहेकोछ । देशका प्रभावशाली ब्यापारी, राजनीतिज्ञ र प्रशासकहरु मिलि सार्वजनिक जग्गा हडपेर बनाईएको ठमेलको छाँयादेवी कम्प्लेक्सको बदमासी होस् या त्यस्ता बदमासीलाई बैधता दिन ल्याईएको गुठी विधेयक, त्यसबिरुद्ध फ्री प्रेस नेपालले सधैं 'जर्नालिज्म' नेतृत्व लिएकोछ ।

राज्यसंग मिलि देशका सबै मीडियाले थारु समुदायलाई 'दानवीकरण' गरेको टीकापुर घटनाको वास्तविक पाटो स-प्रमाण बाहिर ल्याउने काम पनि मेरै नेतृत्वमा फ्री प्रेस नेपालले गरेकोहो । तथ्य, तर्क र प्रवृत्तिको आधारमा गरिने विचार र विश्लेषण फ्री प्रेस नेपालको प्राथमिकता रहदैं आएकोले पत्रकारिताको धर्म इमान्दारीका साथ निर्वाह गरिरहेको ठान्दछु, म।

दवावमुक्त र सेन्सरसीपमुक्त समाचार तथा विचार सामग्री तपाईं समक्ष पुर्याउने ध्येय लिएको फ्री प्रेस नेपाल पाठक, दर्शक र श्रोताको आर्थिक सहयोगबाट चलिरहेकोछ । तपाईंले स्वेच्छापूर्वक र स्वस्फूर्त रूपमा गर्ने सहयोगबाट नै यो अभियानलाई अगाडि बढाउन सम्भव भएकोछ । तपाईंको यस्तो सहयोगले सम्पादकिय नीतिमाथि ‘सत्ता र साहु–महाजन’ को नियन्त्रणलाई खुकुलो बनाउने हुनाले जनउत्तरदायी पत्रकारिता गर्ने दृढता र वातावरण दुबै उपलब्ध गराएकोछ ।

यस्तो कर्मले स्वस्थ समाज निर्माण र राज्यलाई जिम्मेवार बनाउन महत्वपूर्ण योगदान दिने आशा छ ।  जनउत्तरदायी पत्रकारिताका निम्ति आफ्नो गच्छेअनुसारको आर्थिक सहयोगको अपेक्षा राखेकोछु। तपाईं पनि पक्कै यो अभियानमा मसंग जोडिनु हुनेछ ।



मैले गरिरहेको पत्रकारिता

बुटवलदेखि प्रकाशित हुने नयाँ राज्यसत्ता साप्ताहिकबाट 'एड्भोकेसी पत्रकारिता' प्रारम्भ गरेको मैले त्यसको सम्पादक हुदैं हिमाल खबरपत्रिका पाक्षिकमा समाचार सम्पादक सम्मको भूमिका निर्वाह गरे । लगत्तै खोज पत्रकारिता केन्द्र (काठमाडौँ) को संयोजक रहें । हङकङमा एथ्निक भ्वाईस साप्ताहिक र नेपालखबर डटकम हङकङको सम्पादक रहि काम गरें ।

दश बर्ष माओवादी द्धन्द्धको 'ग्राउन्ड रिपोर्टिङ्' मा माओवादी र सेना पक्षबाट भएका गैरन्यायिक हत्याबारे खोज रिपोर्ट तयार गरिरहेकोबेला  सशस्त्र समूहको अपहरणमा समेत परे ।  माओवादीलाई साईजमा ल्याउन सरकारले कपिलबस्तु, रुपन्देही र नवलपरासीमा तयार पारेको सशस्त्र समूहबारे पहिलोचोटी खोज रिपोर्ट गरि उदाँगो पारेलगत्तै अपहरणमा परेकोथिंए ।

माओवादी शान्तिप्रक्रियामा आएपछि मधेस र पूर्वी पहाडमा उठेका सशस्त्र समूहका बिषयमा मैले गरेका 'ग्राउण्ड रिपोर्टङ्' अनुसन्धानकर्ता तथा पत्रकारिताका विद्यार्थीहरूका निम्ति श्रोत सामग्री मानिन्छन् ।

माखनलाल चतुर्वेदी पत्रकारिता विश्वविद्यालय (दिल्ली) को प्रसारण पत्रकारिता, हङकङ विश्वविद्यालय (हङकङ) र कोलम्बिया विश्वविद्यालय (न्युयोर्क) को 'खोजपत्रकारिता र अनलाईन पत्रकारिता' विद्यार्थी मैले सधैं खोज र अनुसन्धनात्मक लेख मार्फत आफ्नो धर्म निर्वाह गरिरहेकोछु । विविधतायुक्त समाजमा गरिने पत्रकारिताको संवेदनशीलता र त्यसको गाम्भीर्यता झन बढी रहने ज्ञान मैले आर्जन गरेको अहिलेसम्मको समग्र बुझाई हो ।

 नेपाली समाजको विविधतामाथि सुक्ष्म नजर राख्न र आवाजविहिनहरुको आवाज बनिदिन पत्रकारिता पेशा अँगालेको  मैले गरेको पत्रकारिता कर्ममाथि राष्ट्रिय अन्तर्राष्ट्रिय मीडियामा बनेका समाचार र वृत्तचित्रहरूका लिंक यहाँ छन्।
मेरो पत्रकारिता कर्म

Goals
0 of 100 patrons
१ सय संरक्षक पुगेपछि सहायक अनुसन्धाताहरु राखि हरेक साता  एउटा खोजमूलक भिडीयो रिपोर्ट उत्पादन गर्नेछु ।
1 of 2

Recent posts by JB Pun Magar

How it works

Get started in 2 minutes

Choose a membership
Sign up
Add a payment method
Get benefits