Nepali In Japan

is creating जापानमा जीबनयापन बारेमा अति उपयोगी जानकारीहरु

Select a membership level

माया
$2
per month
तपाईको यो मायाले हाम्रो यात्रालाई निरन्तर राखिरहन ठूलो हौसला मिल्छ ।
माया नै माया
$4
per month
तपाईको यो सहयोगका लागि हृदयदेखिनै कृतज्ञ छौं । तपाईको यस्तै मायाले गर्दानै हो हामीलाई निरन्तर सूचनाप्रवाहमा जोश मिल्ने ।
अति धेरै माया
$6
per month
आहा, यति धेरै माया गर्नुहुन्छ है हामीलाई ? तपाईको यस्तै साथले गर्दा नै २०१५ देखि निरन्तर जापानबारेका सूचना, जानकारी तथा समाचारहरु प्रवाह गरिरहेका छौं र यसलाई हामी बर्षौसम्म कायम राख्न चाहान्छौं । हाम्रो जोश र जाँगरलाई कायमै राख्न तपाईको यो सहयोगले ठूलो भूमिका खेल्नेछ ।

6

patrons

$24

per month

About

नमस्ते ।

सानो अनुरोध गरें है ।

सन् २०१५ को कुरा हो, साथमा फेसबुक एकाउन्ट थियो, एउटा सेकेण्ड ह्याण्ड ल्यापटप थियो र एउटा पकेट वाइफाई थियो ।

हो, आजभन्दा करिवन ५ बर्षअघि 'Nepali In Japan' नामको पेज फेसबुकमै बनाउँदै गर्दा मनमा अजिब किसिमको हुटहुटी थियो, आशा थियो र 'केही परिवर्तन त देखाएरै छाड्छु' भन्ने आत्मविश्वास थियो ।

थाहा छैन यो पेजले तपाईको 'जापान-जिन्दगी'मा कत्तिको सहयोग पुर्याएको छ तर आजसम्मको यात्रामा लाखौं म्यासेजहरु रिप्लाई गरेका छौं, हजारौं जानकारीहरु पोष्ट गरेका छौं र सैयौं ब्लगहरु लेखेका छौं  जापानमा जीबनयापन कसरी सहज बनाउने भन्नेबारेमा । विश्वास छ, कोही न कोहीलाई त पक्कै फाइदा पुगेको छ । र अझै आशा छ त्यो 'कोही' तपाई पनि पक्कै हुनुहुन्छ ।

यो पेजलाई निरन्तर फलो गर्नुभएको भए महशुष गर्नुभएको छ, हरेक दिन नयाँ विषय खोज्नु र त्यसका बारेमा विस्तृतमा लेख्नु पक्कैपनि सहज छैन । यि सबैकुरा सिमित समय, सिमित श्रोत र सिमित व्यक्तिहरुको प्रयासमा भैरहेको छ । हामी यसलाई अझै प्रभावकारी, थप व्यवस्थित र अझ जिम्मेवार बनाउन चाहान्छौं ।

सबै कुरा रहरले मात्र नचल्ने रहेछ, समय वितेसंगै आवश्यकता, बाध्यता अनि परिस्थिती फेरिंदै जानेरहेछन् ।

जम्माजम्मी ५ बर्षमा चल्दै गरेको यो यात्रालाई बर्षौ-बर्षसम्म चलाउन मन छ, त्यसका लागि सानै भएपनि तपाईको सहयोगको अपेक्षा छ । पाँच बर्षसम्म तपाईले निःशुल्क पढ्नुभएका सबैकुरा आगामी दिनमा पनि निःशुल्क नै रहनेछन् तर अहिलेसम्म गरिरहेको काम आगामी दिनमा थप उर्जासहित देख्न चाहानुहुन्छ भने तपाईका लागि नेपाली इन जापानको 'भिआइपी संरक्षक' (VIP PATREON) बन्ने अवसर छ, यसले हाम्रा लागि केही सहयोग मिल्नेछ ।

सहयोग गर्नका लागि तपाईसंग क्रेडिट कार्ड वा पेपाल एकाउन्ट अनिवार्य हुनुपर्नेछ भने तपाईले लिनुभएको सब्सकृप्सनवापत हरेक महिना क्रेडिट कार्ड या पेपाल एकाउन्टबाट पैसा काटिनेछ, हाल हरेक महिना २ डलर (२२० येन), ४ डलर (४४० येन) र ६ डलर (६६० येन) गरि ३ वटा 'संरक्षक' प्लानहरु छन् । वा तपाई आफ्नै हिसाबले यो भन्दा बढि रकमको 'संरक्षक' पनि बन्न सक्नुहुन्छ । यो सहयोगलाई तपाई जुनसुकै दिनमा पनि आफैले रोक्न सक्नुहुनेछ । कति जनाले मासिक कति सहयोग गरिरहनुभएको छ भन्नेकुरा यही पेजमा देख्न पारदर्शी रुपमा सक्नुहुनेछ ।

'संरक्षक' बन्नुहुने सबैलाई हाम्रो Patreon पेजमार्फत लाइभ च्याट, समय समयमा एक्सक्लुसिभ कन्टेन्ट र साउटआउट दिनेछौं । तपाईको सहयोगको अपेक्षामा छौं ।
 
स–धन्यवाद ।

– एडमिन नम्बर १
नेपाली इन जापान


थप केही जानकारी आवश्यक परेमा यहाँ क्लिक गरिफेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ वा [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।


Recent posts by Nepali In Japan

How it works

Get started in 2 minutes

Choose a membership
Sign up
Add a payment method
Get benefits